काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरु मुलुकको लागि कंलक भएको टिप्पणी गरेका छन् ।
मित्र युवा क्लबले दशैंको अवसरमा शनिबार काठमाडौमा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले कम्युनिष्टका काण्डै काण्डले मुलुककै बेइज्जत भएको आरोप बताए ।
उनले महरा काण्डले मुलुकको शीर निहुरीएको भन्दै दुई तिहाईको सरकारले मुलकलाई बर्वाद बनाएको बताए ।
उनले पीडित महिलालाई दुई तिहाईको बलमा डर, धम्की दिएर बयान फेर्न लगाएको भन्दै पीडितलाई न्याय दिनुको सट्टा पीडित बनाएको आरोप लगाए ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाईको दुहाई दिने सरकारलाई जनताले खोज्ने बेला आएको बताए ।
उनले महँगीले चन्द्रमा छुँदासमेत सरकार कानमा तेल हालेर बसेको भन्दै सरककारको कार्यशैलीको आलोचना गरे ।
नेता भिमसेनदास प्रधानलगायतले सरकारले चाडबाडमा बढ्दो कालोबजारी, बेथिति र भ्रष्टाचार रोक्न नसकेको बताए ।
चाडबाडको अवसरमा मित्र युवा क्लबले बिभिन्न व्यक्तिहरुलाई सम्मानित गर्नुको साथै खाद्यान्न, लत्ताकपडा वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्