देउवाले भेटे प्रजातन्त्रका सेनानी • Image Khabar Image Khabar


देउवाले भेटे प्रजातन्त्रका सेनानी


Imagekhabar
१९ आश्विन २०७६, आईतवार १४:४५

देउवाले भेटे प्रजातन्त्रका सेनानी

काठमाडौं, असोज १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातान्त्रिक आन्दोलनका सेनानी लक्ष्मीप्रसाद श्रेष्ठ (ताल्चा भडेल)लाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आइतबार श्रेष्ठको निवास मैजुबहाल, चाबहिलमा पुगेर सभापति देउवाले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

मुलुकमा प्रजातन्त्र ल्याउन श्रेष्ठको भूमिका महत्वपूर्ण रहेको छ । त्यसक्रममा उनले पटक–पटक जेल जीवन बिताएका थिए ।

८८ वर्षीय सेनानी श्रेष्ठ लामो समयदेखि अस्वस्थ छन् ।

सभापति देउवाले श्रेष्ठको उपचारमा कुनै कमी हुन नदिने बताए । उनले प्रजातन्त्रका लागि लड्ने सबै प्रजातन्त्रवादीका लागि पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्