२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पूर्वराजा ज्ञानेन्द्रले लगाइदिए सर्वसाधारणलाई टीका


0
Shares

काठमाडौं, असोज २१ । पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार सर्वसाधारणलाई बडादसैंको टीका लगाइदिएका छन् ।

पूर्वराजा शाहले आफ्नै निर्मल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएका हुन् ।

पूर्वराजाको हातबाट टीका थाप्नेको निर्मल निवासको मुख्य गेटअगाडि भीड लागेको थियो ।

पूर्वराजा शाहको हातबाट टीका थाप्न राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतालगायत शुभेच्छुक र सर्वसाधारणहरु निर्मल निवास पुगेका थिए ।

गएको वर्षभन्दा यो वर्ष पूर्वराजाको हातबाट टीका थाप्न आउनेको संख्या बढी थियो ।

टीका थाप्न निर्मल निवास पुगेकहरुले राजसंस्थाको पक्षमा नारा लगाएका थिए ।