चन्द नेतृत्वको नेकपाविरुद्ध कडारुपमा प्रस्तुत हुने प्रधानमन्त्रीको चेतावनी • Image Khabar Image Khabar


चन्द नेतृत्वको नेकपाविरुद्ध कडारुपमा प्रस्तुत हुने प्रधानमन्त्रीको चेतावनी


Imagekhabar
२१ आश्विन २०७६, मंगलवार ०७:०५

चन्द नेतृत्वको नेकपाविरुद्ध कडारुपमा प्रस्तुत हुने प्रधानमन्त्रीको चेतावनी

विशाल नेम्वाङ (इमेज)

झापा, असोज २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाविरुद्ध कडारुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

सोमबार गृहजिल्ला झापाको दमकमा बडादसैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले लुटपाट गर्ने र बम पड्काउनेविरुद्ध सरकार झन् कठोररुपमा प्रस्तुत हुने बताए ।

गलत आचरण भएका साना–ठूला सबैले सजाय भोग्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार अन्त्यका लागि आफू प्रतिबद्ध रहेको दोहोर्‍याए ।

उनले विकास आयोजनामा भइरहेको प्रगतिका लामो फेहरिस्त पनि सुनाए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देश विकासका लागि साझा सहमति र एकताको खाँचो औंल्याए ।

कार्यक्रम सकाएर प्रधानमन्त्री ओली सोमबारै काठमाडौं फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्