२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024


विकेन्द्रीकरणमार्फत् गाउँको विकासमा ध्यान दिनुपर्छ : देउवा


0
Shares

काठमाडौं, असोज १५ । नेपाली कांग्रेसका शीर्ष नेताहरुले शान्ति र अहिंसाको राजनीतिले मात्र जनताको मन जित्न सकिने बताएका छन् ।

महात्मा गान्धीको १५० औं जन्मजयन्तीका अवसमा महेन्द्रनारायण निधि प्रतिष्ठानले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै कांग्रेस नेताहरुले विश्वभर नै हिंसालाई स्थान नरहेको भन्दै अब राजनीतिलाई विकाससँग जोड्ने बेला आएको बताए ।

नेपाल–भारतबीच सम्बन्ध स्थापनाका लागिसमेत गान्धीको ठूलो भूमिका रहेको नेताहरुको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले ‘महात्मा गान्धी विकेन्द्रीकरणका प्रणेता हुन्’ भन्दै नेपालले पनि विकेन्द्रीकरणमार्फत् गाउँको विकासमा ध्यान दिनुपर्ने बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति र अहिंसात्मक आन्दोलनका लागि गान्धीले खेलेको भूमिका अतुलनीय रहेको चर्चा चारे ।

कार्यक्रममा पार्टी उपसभापति विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला, भारतीय जनता पार्टीका प्रवक्ता विजय सोनकर शास्त्री र भारतीय राष्ट्रिय कांग्रेसका नेता सलमान खुर्सिदलगायतले गान्धीको योगदानको चर्चा गरेका थिए ।