काठमाडौं । असन्तुष्ट जिल्ला सभापतिहरुले बैठक नै गरेर विशेष महाधिवेशनसम्म जाने चेतावनी दिएपछि नेपाली कांग्रेसभित्रको विवाद तल्लो तहसम्मै पुगेको छ । नेतृत्वलाई खुइल्याउने नियतले मात्र बैठक गरिएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा पक्षधर जिल्ला सभापतिहरुले भने बैठकलाई गाईजात्राको संज्ञा दिँदै कारबाहीको मागसमेत गरेका छन् । नेपाली कांग्रेसभित्र शीर्ष तहमा देखिने विवाद खासै नौलो होइन ।…