२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


राष्ट्रियसभाको चुनाव माघ ९ मा गर्ने सरकारको निर्णय


13
Shares

काठमाडौं, मंसिर २६ । सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते गर्ने निर्णय गरेको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कुटाले माघ ९ गते निर्वाचन गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

५९ सदस्यीय राष्ट्रियसभाको रिक्त १८ पदका लागि निर्वाचन हुन लागेको हो । जसमा सत्तारुढ दल नेकपाका ८, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका ७ र राजपाका २, समाजवादीका एक र सरकारबाट मनोनीत एक गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ ।

सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन गराइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ ।

सोअनुसार सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, विन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पदावधि फागुन २० गते सकिँदै छ । 

अर्थमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य डा. युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनीत हुनेछ ।

गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्यले राष्ट्रिय सभा सदस्य चुन्नेछन् । निर्वाचन पहिलो हुने निर्वाचन हुने प्रणालीबाट गरिने छ ।