Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


कांग्रेसको १५औँ महाधिवेशनमा युवा महिला कोटाबाट सृजना बन्जाराको उम्मेदवारी


0
Shares

चितवन ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा चितवन क्षेत्र नं. १ को प्रदेश सभा (ख) मा ३५ वर्षमुनिको युवा महिला कोटाबाट सृजना बन्जारा लामिछानेले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्।

युवा तथा महिलाको सहभागिता बढाउँदै नेतृत्व विकासलाई प्राथमिकता दिने उद्देश्यले कांग्रेसले यसपटककाे अधिवेशनमा विभिन्न तहमा युवा र महिलाका लागि प्रतिनिधित्वको व्यवस्था गरेको छ। सोहीअनुसार चितवन कांग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशनमा लामिछाने युवा महिला कोटाबाट अघि बढेकी हुन्।

युवा महिलाको आवाज र सहभागितालाई संगठनमा प्रभावकारी रूपमा स्थापित गर्ने उद्देश्यले आफूले उम्मेदवारी दिएको लामिछानेले बताएकी छन्। उनले पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै युवा पुस्ताको प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रदेश सभा क्षेत्रीय अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ।

Skip This