Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


महिला हिंसा गर्ने कसैलाई पनि उन्मुक्ति दिन हुँदैन : देउवा


0
Shares

काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला हिंसा गर्ने कसैलाई पनि उन्मुक्ति दिन नहुने बताएका छन् ।

महिला हिंसाविरुद्ध १६ दिने अभियानका क्रममा मंगलबार कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा गरेको कार्यक्रममा उनले महिला हिंसा गर्ने जुनसुकै तह र तप्काका भएपनि उन्मुक्ति दिन नहुने बताए ।

महिला हिंसाविरुद्ध सबै एकजुट भइ महिला हिंसामुक्त समाज निर्माणका लागि पहल गर्नुपर्ने उनको भनाइ थियो ।

सभापति देउवाले सबै क्षेत्रमा महिलाको समानुपातिक सहभागिता र महिलालाई पनि पुरुषसरह सामाजिक तथा आर्थिक अवस्थामा सक्षम बनाउनसके महिला हिंसा हट्दै जाने उल्लेख गरे ।