काठमाडौं, मंसिर २४ । पूर्वराजा ज्ञानेन्द्र शाहले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले हासिल गरेको परिणामले आफूलाई अत्यन्त खुसी लागेको बताएका छन् ।
पूर्वराजा शाहले मंगलबार एक विज्ञप्ति जारी गर्दै आगामी दिनहरुमा पनि खेलकुद क्षेत्रमा अझ बढी उपलब्धि हासिल भइरहोस् भन्ने कामनासमेत गरेका छन् ।
‘यसपालिको १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले हासिल गरेको उत्कृष्ट परिणाममा मलाई अत्यन्त खुसी लागेको छ । यो उपलब्धिका लागि समस्त सहभागी खेलाडीहरुलाई बधाइ दिन चाहन्छु’–विज्ञप्तिमा भनिएको छ–‘आगामी दिनहरुमा पनि खेलकुद क्षेत्रमा अझ बढी उपलब्धि हासिल भइरहोस् भन्ने मेरो कामना रहेको छ ।’
साथै, १३औं साग सफलतापूर्वक सम्पन्न गरेकामा उनले आयोजक एवं व्यवस्थापक सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।
‘नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति मेरो हार्दिक शुभकामना छ’–विज्ञप्तिमा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्