काठमाडौं, जेठ ३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनहरुको नेतृत्व टुंगो लगाएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको एक वर्षपछि जनवर्गीय संगठनहरुको नेतृत्व टुंगो लागेको हो । नेकपाको हिजो बसेको सचिवालय बैठकले तत्कालिन एमाले र माओवादीबीच भागबण्डाका आधारमा जनवर्गीय संगठनको संयोजक र सहसंयोजकमा सहमति जुटेको हो ।…