नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)
काठमाडौं, माघ २ । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावल अहिले पार्टीभित्रकै खरो ‘प्रतिपक्ष’ हुन् ।
रावलले केही दिनअघि प्रधानमन्त्री निवास बालुवाटारबाटै आफूलाई ज्यान लिने धम्की दिएको दाबी गरेका थिए ।
सरकारको नियमित पत्रकार सम्मेलनमा सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भने रावललाई कसैले त्यस्तो धम्की नदिएको स्पष्टीकरण दिएका छन् ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पारित गर्न नहुने पक्षमा नेकपा नेता भीम रावल देखिएका छन् ।
यही प्रकरणलाई लिएर उनलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै ज्यानमार्ने धम्की दिइएको सार्वजनिक भएको छ । तर, धम्की कसले दियो भन्ने कुरा बाहिर आएको छैन ।
सरकारका प्रवक्ता एवं सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रावलले नचाहिने कुरा गरेको बताएका छन् ।
उनले रावललाई धम्की दिनेको नाम र टेलिफोन नम्बर सार्वजनिक गर्न चुनौती पनि दिएका छन् । प्रमाण प्राप्त भए दोषीलाई सरकारले कारबाही गर्ने उनको भनाइ छ ।
सत्ताधारी दलकै एकजना नेताले ज्यान लिने धम्की आएको बताउनुलाई सामान्य मान्न सकिन्न । तर, उनले अब प्रमाण सार्वजनिक गरेर जनतालाई सही सूचना दिनुपर्छ ।
सरकारले पनि रावलजस्ता नेतालाई धम्की दिनेको पहिचान गर्नुपर्दछ । अन्यथा, यो घटना ‘हात्ती आयो हात्ती आयो फुस्सा’ सावित हुनेछ ।









प्रतिक्रिया दिनुहोस्