काठमाडौं, जेठ ३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा वैचारिक मतभेद छताछुल्ल हुन थालेको छ । दुई अध्यक्ष रहेको सो पार्टीमा एक अध्यक्षले जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्तबाटै अघि बढ्ने अडान लिइरहँदा अर्का अध्यक्ष भने सो सिद्धान्तलाई परिमार्जन गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याइरहेका छन् । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा…