Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


राजपा–नेकपा गठबन्धनका उम्मेदवारलाई मत हाल्न ‘ह्वीप’


0
Shares

काठमाडौं, माघ ४ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रियसभाको चुनावमा पार्टीका उम्मेदवारलाई मतदान गर्न आफ्ना मतदातालाई ‘ह्वीप’ जारी गरेको छ ।

शनिबार पार्टी कार्यालय बबरमहलमा बसेको राजपा अध्यक्षमन्डलको बैठकले यही माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा राजपा–नेकपा गठबन्धनका उम्मेदवारलाई मत दिन आफ्ना मतदातालाई ह्वीप जारी गरेको हो ।

राजपाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नम्बर–२ मा हुनसक्ने ‘भोट क्रस’लाई रोक्न ह्वीप जारी गरेको हो ।

प्रदेश–२ मा समाजवादी पार्टीले राजपाका मत तानेर आफ्ना उम्मेदवारलाई जसरी पनि निर्वाचित गराउने रणनीति बनाएको र त्यसअनुरुपमा गतिविधि गरेको समाचार सार्वजनिक भएपछि राजपा सतर्क बनेको हो ।

प्रदेश–२ मा राजपाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टीले नेपाली कांग्रेससँग चुनावी तालमेल गरेका छन् ।

प्रदेश–२ मा राजपा नेपालका तर्फबाट अन्य समूहमा मृगेन्द्रकुमार सिंह यादव र अल्पसंख्यक समूहमा शेखरकुमार सिंहलाई उम्मेदवार बनाइएको छ ।

नेकपाको तर्फबाट महिला समूहतर्फ तुलसा दाहाल र दलित समूहमा राधेश्याम पासवानलाई उम्मेदवार बनाइएको छ ।