Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


एमसीसीबारे गलत प्रचार गरियो : नारायणकाजी श्रेष्ठ


0
Shares

बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे गलत प्रचार भइरहेकोको बताएका छन् ।

बागलुङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसीबारे कोही चिन्तित र त्रसित हुनु नपर्ने बताए ।

प्रवक्ता श्रेष्ठले राष्ट्र हितलाई केन्द्रमा राखेर एमसीसी बारे छिट्टै निर्णय हुने स्पष्ट पारे ।

दलहरुले एमसीसीबारे बहस गर्नु स्वभाविक भएपनि भ्रम फैलाउन भने जरुरी नरहेको उनको भनाइ थियो ।