झापा, जेठ ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आफूपनि मिडिया काउन्सिल विधेयकको विरोधमा उत्रिएका पत्रकारहरुको साथमा रहेको बताएका छन् । सोमबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले विधेयक परिमार्जन गरेरमात्रै अगाडि बढाउनुपर्ने बताए । प्रेस स्वतन्त्रता र सन्चारकर्मीको योगदानलाई ध्यानमा राखेर विधेयकको सम्बन्धमा संसदमा गम्भीर छलफल हुनुपर्ने उनको भनाइ थियो ।