
काठमाडौं, माघ २ । सभामुख चयन प्रक्रियाले संवादहीनताको अवस्थामा पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बिहीबार भेटवार्ता भएको छ ।
दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख चयनबारे छलफल भएको जनाइएको छ ।
नेकपाका महासचिव विष्णु पौडेलले अध्यक्षद्वयबीच सभामुख चयनबारे सकारात्मक संवाद भएकाले माघ ६ गते बस्ने संसद बैठकमा नेकपाले सभामुखको उम्मेदवार दिने ठोकुवा गरे ।
‘ढिलोमा पनि ६ गतेसम्ममा हामी एउटा साझा निर्णयमा पुग्छौं’–उनले भने–‘त्यो साझा निर्णयको प्रस्तावक अध्यक्षद्वय हुनुहुन्छ ।’
पौडेलले चर्चामा रहेका सुवासचन्द्र नेम्वाङ, शिवमाया तुम्बाहाङफे र अग्नि सापकोटाबाहेक नयाँ अनुहार सभामुखको उम्मेदवार हुनसक्ने खुलासा पनि गरे ।
इमेज च्यानलको कार्यक्रम ‘हटसिट’मा अन्तर्वार्ता दिँदै उनले यस्तो बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्