काठमाडौं, मंसिर ४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको जिम्मेवारी बाँडफाँट गरेको हो । नयाँ कार्यविभाजनअनुसार अध्यक्ष ओली पूरा कार्यकाल प्रधानमन्त्री रहनेछन् भने दाहालले पार्टीको नेतृत्व गर्नेछन् । पार्टीमा…