Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


कम्युष्टिहरुसँग मुलुकलाई समृद्ध बनाउने क्षमता छैन् : वरिष्ठ नेता पौडेल

बाग्लुङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनमतको दुरुपयोग गरेको आरोप लगाएका छन् । आइतबार बागलुङको निशीखोलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कम्युष्टिहरुसँग मुलुकलाई समृद्ध बनाउने क्षमता नभएको टिप्पणी गरे । नेता पौडेलले विकासको लागि प्रतिपक्षबाट राम्रो सहयोग हुँदा पनि सरकारले विकासका काम गर्न नसकेको बताए ।