काठमाडौँ । विपक्षी दलहरूको नाराबाजी र बहिष्कारका बीच प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष २०८३/०८४ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सभामुखले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्दा सदनले बहुमतले पारित गरेको हो । बिहीबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूको जिज्ञासाको जवाफ दिएपछि सभामुखले संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरेका थिए ।…