Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई


0
Shares

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले आज गरेको निर्णयानुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानको डीनको समेत कार्य गर्नेगरी उहाँलाई उपकुलपतिको जिम्मेवारी तोकिएको हो ।

जिम्मेवारी प्राप्त गरेसँगै बज्राचार्यले कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा पदवहाली गरेको त्रिविले जनाएको छ ।