Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


प्रधानमन्त्री तथा मन्त्रीको नयाँ कार्यविभाजन


0
Shares

काठमाडाैं ।

राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्‌मा कार्यविभाजन गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।

नयाँ कार्यविभाजन अनुसार प्रधानमन्त्री शाहले रक्षा र गृहसहित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। मन्त्रिपरिषद्‌मा स्वर्णिम वाग्लेलाई अर्थ र शिशिर खनाललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यसैगरी विराजभक्त श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ र सोविता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ। कुल १५ सदस्यीय मन्त्रिपरिषद्‌मा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलगायत क्षेत्रमा नयाँ कार्यविभाजन गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।