Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


विपक्षीको अवरोधबीच नीति तथा कार्यक्रम पारित


0
Shares

काठमाडौँ । विपक्षी दलहरूको नाराबाजी र बहिष्कारका बीच प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष २०८३/०८४ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

सभामुखले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्दा सदनले बहुमतले पारित गरेको हो ।

बिहीबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूको जिज्ञासाको जवाफ दिएपछि सभामुखले संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरेका थिए । विपक्षी दलहरूले बैठक बहिष्कार गरे पनि सत्तापक्षको बहुमतका आधारमा सबै संशोधन प्रस्ताव अस्वीकृत भएकाे हाे ।

यसअघि प्रधानमन्त्री अनुपस्थित भएको भन्दै विपक्षीले सदन अवरुद्ध गर्दै आएका थिए ।