पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी हुनुभएको छ भने उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ । मेयरमा विजयी आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्नुभएको हो । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८४८ मत प्राप्त गर्नुभयो…