दीर्घ रोगी र विपन्नको उपचारका लागि कोष खडा गर्ने इलाम नगरपालिकाको निर्णय « Imagekhabar – Online News Portal of Nepal
१७ असार २०७९, शुक्रबार | Fri Jul 1 2022


दीर्घ रोगी र विपन्नको उपचारका लागि कोष खडा गर्ने इलाम नगरपालिकाको निर्णय


26
Shares

इलाम । इलाम नगरपालिकाका नवनिर्वाचित मेयर केदार थापाले दीर्घ रोगी र असहाय विपन्न परिवारका विरामीको उपचारका लागि स्वास्थ उपचार कोष खडा गर्ने निर्णय गर्नु भएको छ ।

थापाले पदभार ग्रहण गर्दै स्वास्थ्य, शिक्षा, सडकलगायत विकास निर्माणसहितका ९ वटा निर्णयहरु गर्नुभएको छ ।

सम्पत्ति कर र मालपोतको प्रचलित दरमा १० प्रतिशत छुट गर्ने, व्यवासाय कर अन्र्तगत होटलमा १० प्रतिशत र अन्यमा ५ प्रतिशत छुट गर्ने कार्यसुची रहेको छ । यस्तै नगरमा २४ घण्टे नगरपालिका स्वास्थ हेल्प डेक्स सञ्चालन गर्ने पनि निर्णय गरिएको छ ।

शासक नभइ सेवक भएर काम गर्ने प्रतिवद्धता जनाउँदै थापाले जनताले अपेक्षा गरे अनुसारको समुन्नत र संवृद्ध इलाम निर्माणलाई प्रथामिकतामा राखिने समेत बताउनुभयो ।