काठमाडौं । आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ । निर्वाचन आचारसंहिता अनुसार देशभर मतदाता नामावली संकलन गर्ने कार्यालयहरुलाई आजदेखि मतदाता नामावली संकलन रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिनुभयो । आयोगले मतदाता नामावली प्रकाशनको तयारी गरेको…