पोखरामा पुनः मतगणना गर्न कांग्रेसको माग « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


पोखरामा पुनः मतगणना गर्न कांग्रेसको माग


4.186k
Shares

पोखरा । पोखरा महानगरपालिकामा वडा नम्बर १८ मा एमालेले ९ मत हराएको भन्दै पुनः गणनाको माग गरेपछि कांग्रेसले काउण्टर निवेदन दिएको छ ।

कांग्रेसले १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको हो । वडा नम्बर १ की कांग्रेस उम्मेदवार सीता गुरुङले आफुसहित सदस्य उम्मेदवारलाई दवाबमा पारेर आफ्नो प्रतिकुल हुनेगरी नतिजा सार्वजनिक गरिएको आरोप लगाउँदै पुनः गणनाको माग गर्नुभएको हो । यहाँ एमालेका सहारा प्रधानले ४१ मत अन्तरले जित्नुभएको थियो ।

प्रधानले १ हजार १ सय ४५ र गुरुङले १ हजार १ सय ४ मत प्राप्त गर्नुभएको हो ।

यस्तै, वडा नम्बर १७ का कांग्रेस उम्मेदवार देवराज आचार्यले पनि पुनः गणनाको माग गर्नुभएको छ । उही ढाँचामा उहाँले निवेदन बुझाउनुभएको हो । उनीहरु दुबैले पहिले भन्दा फरक गणक राख्न र निष्पक्ष रुपमा गणना गर्नुपर्ने माग राखेका छन् ।

१७ नम्बर वडामा ८३ मत अन्तरले एमालेकी राधिका शाहीले चुनाव जित्नुभएको हो । शाहीले २ हजार ६२५ र आचार्यले २ हजार ५४२ मत पाउनुभएको हो ।