धनगढीका जेष्ठ नागरिकलाई निजी अस्पतालले निःशुल्क उपचार दिने « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


धनगढीका जेष्ठ नागरिकलाई निजी अस्पतालले निःशुल्क उपचार दिने


5.434k
Shares

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाभित्रका जेष्ठ नागरिकले निजी अस्पतालमा निःशुल्क उपचार पाउने भएको छन् ।

मंगलबार धनगढी उपमहानगरपालिका र नेपाल निजी अस्पताल संघबीच उक्त सम्झौता भएको हो ।

उपमहानगरपालिकाका मेयर गोपाल हमालको अध्यक्षतामा बसेको दुवै पक्षबीचको बैठकले ७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिकलाई निःशुल्क ओपीडी सेवासहित रोग निदान (परीक्षण) र बेड चार्जमा १० प्रतिशत सहुलियत दिने निर्णय गरेको छ ।

यस्तै, उनीहरुलाई औषधिमा समेत ५ प्रतिशत सहुलियन दिने सम्झौता भएको निर्णय भएको हो ।