काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले हाल देशैभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको हाे । बुधबार बिहान देशैभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हाे। त्यस्तै,…