काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले हाल देशैभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको हाे । बुधबार बिहान देशैभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हाे।
त्यस्तै, बुधबार दिउँसो भने देशैभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा मध्यमसम्मको वर्षा-हिमपातको समेत सम्भावना रहेकाे हाे। देशका पहाडी भू-भागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
देशका तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे हाे। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी- हिमाली तथा तराई भू-भागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
त्यस्तै, बुधबार राति भने देशैभर साधारणतया बादल लाग्ने भएकाे हाे। कोशी, बागमती, गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका पहाडी तथा तराई भू-भागमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे हाे।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका हिमाली, पहाडी तथा तराई भू-भागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे ।
साथै महाशाखाले शतर्क रहन समेत सबैलाई अनुराेध गरेकाे छ।









प्रतिक्रिया दिनुहोस्