Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


यमन नजिकै लाल सागरमा भारतीय जहाजमाथि आक्रमण


1.6k
Shares

एजेन्सी । यमनको तटीय क्षेत्रनजिकै लाल सागरमा भारतीय झण्डावाहक एक व्यापारिक जहाजमाथि इरान समर्थित हुथी विद्रोहीहरूले आक्रमण गरेका छन् ।

विस्फोटक पदार्थले भरिएको एउटा सुसाइड बोट जहाजमा ठोक्किएको हाे। त्यसपछि जहाज डुबेको जनाइएकाे छ । यद्यपि, जहाजमा सवार सबै १३ जना भारतीय नागरिकलाई सकुशल उद्धार गरिएको हाे । भारतको विदेश मन्त्रालयले ‘एमएसभी फैजे नूर–ए–औलिया’नामक जहाजमाथि भएको आक्रमणको कडा भर्त्सना गरेको छ ।

विदेश मन्त्रालयले साउदी अरेबियाको राजधानी रियादस्थित भारतीय दूतावासले घटनाको निरन्तर अनुगमन गरिरहेको जनाएकाे हाे । जहाजका चालकदल सदस्यहरूको सुरक्षा सुनिश्चित गर्न यमनका सम्बन्धित अधिकारीहरूसँग समन्वय र सहकार्य गरिरहेको मन्त्रालयले जानकारी गराएकाे छ।