Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


काठमाडौं र दाङमा २ जना पुरूष मृत फेला


286
Shares

काठमाडौं। काठमाडौं महानगरपालिका-१५, मुस्ताङ गुम्बाअगाडि प्रतिक्षालयमा अन्दाजी ५० वर्षीय पुरुषलाई मृत फेला परेकाे प्रहरीले बताइकाे छ।

प्रहरी प्रधान कार्यालयले हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेकाे जनाएको हाे ।

त्यस्तै, दाङमा पनि एक जना पुरुष मृत फेला परेकाे प्रहरीले बताएकाे छ। दाङको तुलसीपुर उपमहानगरपालिका-१९, संग्राम बस्ने ५८ वर्षीय राज बहादुर दसौँती सोही उपमहानगरपालिका-१९, स्थित दुम्सीखोलामा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

यस घटनाकाे बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।