काठमाडौं । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूको पर्व नागपञ्चमी साेमबार देशैभर परम्परा अनुसार नागको पूजा–अर्चना गरी मनाइँदैछ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा घरका मूल ढोकामा नागको तस्बिर टाँसी पूजा गर्ने प्रचलन रहेको हाे । नागपञ्चमीका अवसरमा साेमबार बिहानैदेखि काठमाडौंको नक्शालस्थित नागपोखरी लगायत देशैभरका विभिन्न नागदह, पोखरी र मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको…