Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


ट्रकको ठक्करबाट एमाले नेतृ सावित्रा सापकोटाको निधन


1.4k
Shares

काठमाडाैं । ट्रकको ठक्करबाट नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाको मृत्यु भएको छ ।

साेमबार बिहान बर्दगोरिया गाउँपालिका-१ मुडा पुलनजिकै सापकोटा सवार से १–०१–००१ ख नम्बरको स्कुटरलाई नवलपरासी बर्दघाटका २६ वर्षीय दिनेश गिरीले चलाएको लु १–०१–०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले बताएकाे हाे।गम्भीर घाइते भएकी नेतृ सापकोटालाई दोदोधरा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय बौनियाले ट्रक चालक दिनेश गिरीलाई महेन्द्र राजमार्ग अन्तर्गत बर्दगोरिया र लम्कीचुहा नगरपालिकाको सीमाबाट नियन्त्रणमा लिएको जनाएकाे हाे। नेतृ सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेबाट उम्मेदवार समेत बन्नुभएकाे थियाे ।