Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै


0
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साेमबार दिउँसाे १ बजे प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ।

सभाको आठौं अधिवेशन अन्तर्गतको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको हो । बैठकमा प्रदेश प्रमुखबाट प्राप्त पत्रहरू सभामुखले प्रदेशसभामा पढेर सुनाएपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रक्रिया अघि बढ्ने भएकाे छ ।नेपाली कांग्रेसले नेकपा एमालेसँगको सहकार्य तोड्दै सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाएपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लाग्नुभएको हो ।

मुख्यमन्त्री आचार्यलाई एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) ले विश्वासको मत दिने तयारी गरेका छन् ।