Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


नागपोखरीसहित देशैभरका विभिन्न नागदह र मन्दिरमा भक्तजनको भीड


65
Shares

काठमाडौं । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूको पर्व नागपञ्चमी साेमबार देशैभर परम्परा अनुसार नागको पूजा–अर्चना गरी मनाइँदैछ ।

प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा घरका मूल ढोकामा नागको तस्बिर टाँसी पूजा गर्ने प्रचलन रहेको हाे । नागपञ्चमीका अवसरमा साेमबार बिहानैदेखि काठमाडौंको नक्शालस्थित नागपोखरी लगायत देशैभरका विभिन्न नागदह, पोखरी र मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको ठूलो उपस्थिति रहेको छ ।

नागपोखरीमा पूजा आजा गर्ने र दर्शन गर्नेहरूको उल्लेख्य भीड लागेको हाे। धार्मिक विश्वासअनुसार नागलाई वर्षा र पानीको स्रोत मानिने भएकाले कृषिप्रधान मुलुकमा यस पर्वको विशेष महत्व रहिआएको छ। साेही दिन नागको पूजा गर्दा घरमा सर्प, बिच्छी जस्ता विषालु जीवको भय नहुने र चट्याङ र अग्निभय लगायतका विपत्तिबाट जोगिने जनविश्वास रहेकाे छ ।