काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहकाे निर्वाचन लक्षित ‘क्यान्डिडेट क्लब’ मा साेमबारदेखि आवेदन खुला गरेको छ।
पार्टीको गत साउन १३ गतेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार उम्मेदवार छनोट प्रक्रियाको पहिलो चरण शुरु गर्न लागिएको हो । रास्वपाले क्यान्डिडेट क्लबमार्फत योग्य, इमानदार र सक्षम उम्मेदवार छनोट हुने दावी गरेको छ ।
त्यस्तै, स्थानीय तह निर्वाचनका लागि सम्भावित उम्मेदवार पहिचान, तयारी र मूल्यांकन प्रक्रियालाई व्यवस्थित बनाउन ‘क्यान्डिडेट क्लब’को अवधारणा अघि सारेको पनि पार्टीको गत साउन १३ गतेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार उम्मेदवार छनोट प्रक्रियाको पहिलो चरण शुरु गर्न लागिएको हो ।
रास्वपाले क्यान्डिडेट क्लबमार्फत योग्य, इमानदार र सक्षम उम्मेदवार छनोट हुने दावी गरेको छ । त्यस्तै, स्थानीय तह निर्वाचनका लागि सम्भावित उम्मेदवार पहिचान, तयारी र मूल्यांकन प्रक्रियालाई व्यवस्थित बनाउन ‘क्यान्डिडेट क्लब’को अवधारणा अघि सारेको समेत रास्वपाले जनाएको हाे ।
पार्टीले बिहीबारदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम शुरु गर्ने भएको छ । पार्टीको केन्द्रीय समिति बैठकको निर्णय अनुसार पार्टी कार्यालयमा मन्त्रीहरूसँग प्रत्यक्ष संवाद सुरु गर्न लागेको हो । सरकारमा सहभागी पार्टीका मन्त्रीहरूको कार्यसम्पादनलाई जनमुखी बनाउन र पार्टीसँगको समन्वयलाई प्रभावकारी बनाउन, समसामयिक र बहुआयामिक विषयमा अनिवार्य छलफल गर्ने निर्णय पार्टीले गरेको थियो ।
कार्यक्रम अन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तिमा एक पटक अनिवार्य रूपमा पार्टी कार्यालयमा उपस्थित भई प्रत्यक्ष संवादमा जोडिनुपर्नेछ । कार्यक्रमको पहिलो दिन यहि भदौ ४ गते पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग विविध विषयमा छलफल हुने रास्वपाले जनाएकाे हाे।









प्रतिक्रिया दिनुहोस्