Logo २९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026


अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक मंगलबार बस्दैछ । बैठक मंगलबार बिहान ८ बजेदेखि सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जनाएको हाे । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमकाे बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।