Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


साफ महिला च्याम्पियनशिपमा नेपालकाे विजयी शुरूवात

भुटान भने १-० गाेल अन्तरले पराजित

13
Shares

काठमाडाैं । नेपालले भुटानलाई पराजित गर्दै साफ महिला च्याम्पियनशिपमा विजयी शुरुवात गरेकाे छ ।

भारतकाे गाेवामा रहेकाे जवाहरलाल नेहरु रङ्गशालामा साेमबार भएकाे उद्घाटन खेलमा नेपालले भुटानलाई १–० गाेलले पराजित गरेकाे हाे। नेपालकी गीता रानाले खेलकाे २३औँ मिनेटमा गरेकाे प्रहार भुटानी खेलाडीले राेक्ने क्रममा गाेलमा परिणत भएकाे हाे ।

प्रतियाेगिताकाे समूह चरणमा नेपाल, भुटान र श्रीलङ्का रहेका छन् । अब नेपालले समूह चरणकाे अन्तिम खेलमा  यहि जेठ १७ गते श्रीलंकासँग खेल्ने भएकाे हाे । त्यस्तै, समूह ‘बी’ मा साविक विजेता बङ्गलादेश, भारत र माल्दिभ्स रहेका छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने भएका छन् । प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुने भएकाे हाे ।