Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


यस वर्ष सगरमाथा शिखरमा पुग्ने आरोहीको संख्या ९०० नाघ्यो


13
Shares

काठमाडाैं । यस वर्षको वसन्तकालीन आरोहण सिजनमा साेमबारसम्म ९ सय जना भन्दा बढी आरोहीले सगरमाथा आरोहण गरेका छन् ।

पर्यटन विभागले साेमबारसम्म आरोहण गाइडसहित ९ सय  जना भन्दा बढीले सफल आरोहण गरेकाे जनाएकाे हाे । यकिन विवरण भने आउन बाँकी रहेकाे छ । साेमबार बिहान तेस्रो शिविरबाट उक्लिरहेका आरोहीहरूको लाइनलाई आधार मान्दा मंगलबार शिखरमा पुग्नेको सङ्ख्या उल्लेख्य हुने भएकाे हाे ।

यो वर्ष शिखरमा पुग्नेको सङ्ख्या १ हजार जना नाघ्ने अनुमान रहेको पर्यटन विभागले आधार शिविरमा स्थापना गरेको सम्पर्क कार्यालयका संयोजक खिमलाल गौतमले जानकारी दिनुभयाे ।

गत वैशाख ३१ गतेदेखि शुरु भएको वसन्तकालीन आरोहण मे २९ तारिख अर्थात यहि जेठ १५ सम्म सञ्चालन हुनेछ । यस वर्ष सगरमाथा आरोहणका लागि ४ सय ९५ जनाले अनुमती लिएका छन् । उनीहरुबाट करिब एक अर्ब ८ करोड रुपैयाँ रोयल्टी संकलन भएको पर्यटन विभागले  जनाएकाे हाे।