काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक मंगलबार बस्ने भएकाे छ।
साेही बैठक सिंहदरबा मंगलबार बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएकाे हाे । बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने र दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची रहेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएकाे हाे ।
त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
संसद् सचिवालयले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरिने र ती विधेयकहरूलाई पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरिने जनाएकाे हाे।











प्रतिक्रिया दिनुहोस्