Logo २९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026


फेरि बढ्याे सुनचाँदीको मूल्य


0
Shares

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ।

आइतबार तोलामा दुई हजार आठ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला एक हजार नौ सय रूपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन प्रतितोला दुई लाख ९२ हजार आठ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। आइतबार सुन प्रतितोला दुई लाख ९० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी आइतबार प्रतितोला पाँच हजार १० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी सोमबार तोलामा पाँच हजार एक सय ५० रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला एक सय ४० रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस चार हजार पाँच सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।