काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन सुरक्षित, भयरहीत, व्यवस्थित र मर्यादित बनाउन राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकको लागि अन्तरक्रिया र अभिमूखीकरण कार्यक्रममा बोल्दै उहाँले संयमित भएर राजनीतिक दल र उम्मेदवारले स्थानीय तह निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले…