काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीचको विद्यमान समस्याहरू चरणबद्ध रुपमा समाधान गरिने बताउनुभएकाे छ। पाँच दिने भारत भ्रमणसम्पन्न गरेर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले यस्ताे बताउनुभएकाे हाे । नेपाल–भारत सीमा विवाद जस्ता संवेदनशील विषय कूटनीतिक माध्यमबाट चरणबद्ध रूपमा समाधान गरिने बताउनुभयाे ।…