Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


सरकारलाई विपक्ष दललाई पूरै निमिट्यान्न पार्छु भन्नेतिर नलाग्न पूर्वप्रधानमन्त्री कार्कीको आग्रह

रास्वपाका नेता तथा कार्यकर्तालाई विगतलाई हेरेर अघि बढ्न सुझाव

78
Shares

काठमाडाैं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षलाई निमिटयान्न पार्छु भन्नेतिर नलाग्न आग्रह गर्नुभएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे आग्रह गर्नुभएको हाे । उहाँले आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै नास्तानामुद गराउनेतिर सरकार लाग्न नहुने बताउनुभयाे । पूर्वप्रधानमन्त्री कार्कीले प्रधानमन्त्री बालेन्द्र साह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुलाई विगतलाई हेरेर अघि बढ्न सुझाव समेत दिनुभएकाे छ। सरकारमा आएका नवयुवाहरुले अघिल्लो कुराहरु मनन गरेर, हिष्ट्रीलाई मनन गरेर मुलुक चलाउँदा राम्रो हुने उहाँकाे भनाइ थियाे।

पूर्वप्रधानमन्त्री कार्कीको सत्तारुढ दलका नेताहरुले आफूहरु पनि सधैं युवा रहँदैनौ भन्ने कुरालाई हेक्का राख्नुपर्ने बताउनुभयो । उहाँले विपक्ष दलहरुले पनि सरकारको खुट्टा तान्ने प्रवृत्ति राम्रो नभएको बताउनुभएकाे छ। साथै उहाँले निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको प्रशंशा समेत गर्नुभयाे ।