Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


जेनजी विद्रोहमाथि दमन गर्ने व्यक्तिलाई अन्तर्राष्ट्रिय रूपमै घेराबन्दी गर्ने गृहमन्त्री अर्यालकाे चेतावनी

जनतालाई दुःख दिने केही तत्वलाई कारबाहीको दायरामा ल्याउने दावी

572
Shares

काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी विद्रोहमाथि दमन गर्नेहरुलाई राज्य प्रणालीभित्रबाट मात्रै नभई अन्तर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्ने बताउनुभएको छ।

काठमाडौंमा मंगलबार जेनजी शहीदहरुको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे दावी गर्नुभएको हो। उहाँले जेनजी घाइते तथा शहीदका मागहरु पूरा गर्दै कारबाहीका विषयमा दृढतापूर्वक अघि बढ्ने बताउनुभयो। सत्तामा बसेकाहरू कुशासनको अभियन्ता बनेकै कारण जेनजी विद्रोह भएको उहाँको तर्क छ। उहाँले शहीदको सपना अनुसार सरकार सुशासनको अभियान्ता बनेर अगाडि बढिरहेको बताउनुभयो।

मन्त्री अर्यालले मुलुकमा सुशासन कायम गर्न सरकार लागिपरेको उल्लेख गर्दै केही कमजोरी देखिए औंल्याउन समेत आग्रह गर्नुभएकाे छ। उहाँले जेनजी विद्रोह र सरकारी दमनको विषयमा जाँचबुझ आयोगका साथै प्रहरी र मानव अधिकार आयोगले समेत अनुसन्धान गरिरहेको भन्दै ढिलो चाँडो कारबाहीको दायरामा ल्याइने जिकिर गर्नुभयो।

गृहमन्त्री अर्यालले नागरिक सरकार गठन भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई काम गर्ने वातावरण बनेको दावी पनि गर्नुभयो । उहाँले पर्दा पछाडि बसेर नेताहरुलाई नचाउँदै जनतालाई दुःख दिने केही तत्वहरु कारबाहीको दायरामा ल्याइसकिएको पनि बताउनुभएकाे छ।

Skip This