Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


महाधिवेशनमा प्रतिष्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भन्ने भाष्य खडा गर्न खोजिएकाे सचिव विष्टकाे आराेप

४० वर्ष मुनिका युवालाई पार्टीको केन्द्रीय समितिमा ल्याउन पहल गर्ने

325
Shares

काठमाडाैं। नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र प्रतिष्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भनेर भाष्य सिर्जना गर्न खोजिएको आरोप लगाउनुभएको छ।

एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरुले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्न चाहेको बताउनुभयो। तर पार्टीभित्र प्रतिष्पर्धा गर्दा ‘संकटमा प्रतिस्पर्धा गर्ने व्यक्तिहरु पार्टीको हित नचाहने’ भन्ने प्रकारको भाष्य खडा गर्न खोजिएको उहाँको भनाइ छ। उहाँले संकटले परिवर्तन ल्याउने र नयाँ नेतृत्व निर्माण गर्ने बताउनुभयो।

संकटले चुनौतीलाई सामना गर्ने तागत पैदा गर्ने उहाँको भनाइ छ। देशमा संकट छ भने यो संकटको पछाडीको कारण के हो भन्दै उहाँले प्रश्न समेत गर्नुभयाे। यसको पछाडीको मुख्य जिम्मेवारी कसको छ भन्ने समीक्षा गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। उहाँले वर्तमान संकटको सामना गर्नको लागि नेतृत्व रुपान्तरण आवश्यक रहेको बताउनुभएकाे छ। जनता र समयले नेतृत्व हस्तान्तरणको माग गरिरहेको सचिव विष्टकाे भनाइ थियाे।

कुनै अमुक व्यक्ति शक्तिशाली नभएर सामूहिक नेतृत्व आजको समयको माग रहेको सचिव विष्टले बताउनुभयो। उहाँले देशैभरीबाट आएका प्रतिनिधिले पार्टीभित्रको परिस्थितिलाई बुझेको र यथास्थितिमा कायम नराख्ने पनि दावी गर्नुभयो। देशका चुनौतीहरुलाई सम्बोधन गर्ने, जनताको अपेक्षा पूरा गर्ने र निर्वाचनमार्फत संविधान देखिएको संवैधानिक संकटलाई समाधान गर्नेतिर एमाले लाग्ने उहाँको भनाइ छ।

सचिव विष्टले एमालेका युवा पुस्ताहरुलाई नेतृत्व लिनको लागि तयार रहन पनि आग्रह गर्नुभयो। ४० वर्ष मुनिका युवाहरुलाई पार्टीको केन्द्रीय समितिमा ल्याउनको लागि आफूहरुले पहल गर्ने उहाँको भनाइ छ। उहाँले नेतृत्वमा भएको जामले पार्टीभित्र युवाहरुको आकर्षण घट्दै गएको पनि बताउनुभयो। ११ औं महाधिवेशनले युवाहरुलाई पार्टीमा आकर्षण बढाउने नीति तय गर्ने पनि उहाँको तर्क छ।

Skip This