Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


ओखलढुंगामा बीउ आलुको अभाव

हिउँदे आलु लगाउन नपाउँदा किसान निराश

143
Shares

ओखलढुंगा। ओखलढुंगामा गुणस्तरीय बीउ आलुको अभाव भएको छ।

हिउँदे आलु रोप्ने सिजन शुरु भएसँगै माग बढेको हाे। तर स्थानीय उत्पादनले मात्र माग धान्न नसकेको किसानहरुले बताएका छन् । सिद्धिचरण नगरपालिका-७, टोड्केका स्थानीय किसान तथा आलु जोन समितिका जिल्ला संयोजक राजेश श्रेष्ठले जिल्लामा बीउ आलुको माग अत्यधिक रहे पनि माग अनुसारको उत्पादन हुन नसकेको बताउनुभयाे।

जिल्लाभित्रका किसानहरूको माग पूरा गर्नका लागि संयोजक श्रेष्ठको फर्मले मात्रै काभ्रेको पाँचखालबाट ५ टन ’खुमल रातो’ जातको आलुको बीउ आयात गरेको छ। आलुको बीउ अभाव हुनुमा गुणस्तरयुक्त बीउ उत्पादन गर्ने प्रविधि तथा ज्ञान अभाव प्रमुख कारण रहेको किसानहरूले बताएका हुन्।