काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। मंगलबार तोलामा तीन सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।मंगलबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको…