काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।
मंगलबार तोलामा तीन सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।मंगलबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी मंगलबार प्रतितोला चार हजार ९ सय ९० रूपैयाँमा कारोबार भएको थियाे । तर बुधबार चाँदी तोलामा चार हजार नौ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार तीन सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्